काठमाडौं,१६ चैत । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।कीर्तिपुरस्थित टी–यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो ।आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । मलेसियाविरुद्धको खेलमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । खेलअघि दिलीपलाई विनोद दासले डेब्यु क्याप प्रदान गरेका थिए ।