काठमाडौँ, १४ चैत । स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाँदैछिन्।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्।
महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ। सम्मेलनमा सहभागी हुन देशैभरका न्यायिक समितिका पदाधिकारी पोखरामा भेला भएका छन्।सम्मेलनमा देशभरका ७५३ वटा स्थानीय तहबाट न्यायिक समितिका संयोजक तथा सदस्यहरु सहभागी हुनेछन्।