काठमाडौँ, १३ चैत । ललितपुरको सानेपामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक प्रहरी जवान गम्भीर घाइते भएका छन्।
दुर्घटनामा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो।
बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे आफैँ अनियन्त्रीत भएर पल्टिँदा दुर्घटनामा भएको हो।दुर्घटनामा परेर तनँहुको आबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंहको गम्भीर घाइते भएका छन्।