काठमाडौँ, १२ चैत । शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट गीत बिरानो सहरमाु रिलिज गरिएको छ। गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ। वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ। प्रकाश मिश्रले गीत को मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।
प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन्।
गीतकार शान्ति शर्माको यस अघि नै अम्लान फूलु गजल सङ्ग्रह , बार्दलीमा जूनु मुक्तक सङ्ग्रह लगायतका कृतिहरू पाठकहरूले मन पराइसकेका छन्।