धनगढी, ११ चैत/कैलालीको जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको संघले शुक्रबार घोडाघोडी नगरमा तदर्थ समिति गठन गरेको छ ।
नेपाल साँस्कृतिक संघ क्षेत्र न ३का सभापति एवं संघका घोडाघोडी नगर संयोजक सम्पदा शाही बमको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सह महामन्त्री गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न छ ।
नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत डोटेली कान्छा,नेपाली काङ्ग्रेस कैलाली जिल्ला कार्यबाहक सभापति भिम बडुवाल, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रेखा देवकोटा विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल साँस्कृतिक संघका प्रदेश संयोजक सुरत रावत डोटेली कान्छा, नेपाली काङ्ग्रेस कैलाली जिल्लाका कार्यबाहक सभापति भिम बडुवाल, महाधिवेशन प्रतिनिधि रेखा देवकोटा, जिल्ला सदस्य अमर खत्री, नेपाली काङ्ग्रेस क्षेत्र न ३ सदस्य कमल बम, नेपाली काङ्ग्रेस घोडाघोडी नगर उपसभापति मानबहादुर बिष्ट, नगर सदस्य निर्मला भण्डारी, नेपाली काङ्ग्रेस घोडाघोडी नगर पालिका वडा न २ का सहसचिव जयराम भण्डारा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
दिपक ओझाले सञ्चालन गरेको कार्यक्रमको अवसरमा लोकतान्त्रिक स्रष्टा निर्मला भण्डारीको सभापतित्वमा ९ सदस्यीय नेपाल सांस्कृतिक संघ घोडाघोडी नगर तदर्थ समितिमा लोकशरा बिष्ट, चुलराम चौधरी, सिद्धराज जोशी, राधिका चन्द लगायतलाई चयन गरिएको छ ।