धनगढी,८ चैत / सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा संचालन भैरहेको दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा विभागिय टोली सशस्त्र प्रहरी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश बिजयी भएको छ ।
कैलालीको धनगढी स्थित रंगशालाको हलमा भएको दोश्रो गण्डकी प्रदेशले सशस्त्र प्रहरी क्लबलाई ३(० को सोझो सेटमा पराजित गरेको हो । गण्डकी प्रदेशले सशस्त्रलाई २५–०,२५–१८ र २५–२३ को सेटमा हराएको हो। चैत्र १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।