काठमाडौँ, ५ चैत । प्रकाश सपुतको ‘पिर’ गीतको भिडिओमा रहेको विवादित दृश्य काटिएको छ। माओवादीका पूर्वलडाकु महिला देह व्यापारमा संलग्न भएको दृश्य काटेर युट्युबमा पुनः अपलोड गरिएको हो।
त्यो दृश्यले मुलुक परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका महिलासहितका माओवादी लडाकु र जनयुद्धकै अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले व्यापक विरोध गरेका थिए।