काठमाडौं,४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
यूएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी ९पीएनजी०लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।
नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।