काठमाडौं, ३ चैत । अभिनेत्री करिश्मा मानन्धर आगामी बैशाख ९ गते वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर उनी एमाले प्रवेश गर्न लागेकी हुन।
अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन्। मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेखेकी थिइन्। उनले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गरेकी छिन्।
उनी बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग भएकी थिइन्।अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी हुन्।