धनगढी १ चैत/सुदूरपश्चिम महोत्सव चैत १० गते देखी हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस बर्ष चैत १० गतेबाट हुने भएको हो । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो ।
कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर सुदूरपश्चिम महोत्सव स्थगित गर्नुपरेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
पछि मौसम प्रतिकुल नहुने भएका कारण चैत १० गते नै संचालन गर्ने तयारीमा जुटेको बरिष्ठ उपाध्यक्ष ओझाले जानकारी दिए । अहिले महोत्सवको परिसरको मैदान सम्याउने र टेन्ट लगाउने काम भैरहेको उनले जानकारी दिए । यसपनि भने महोत्सव स्थाल फेरियर सेती प्रादेशिक अस्पतालको दक्षिण पट्टी रहेको खाली जमिनमा लगाउने तयारी भएको कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । महोत्सव चैत १० गते देखी २० गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ओझाले जानकारी दिए ।
यस सुदुरपश्चिम महोत्सव २०७८ मा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि चार सय भन्दा बढीको संख्याको स्टलहरुको सहभागीता रहने उनले बताए । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ । भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका उपाध्यक्ष ओझाले जानकारी दिए ।
सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने छ भन्ने विश्वास लिइएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मुल समितिसहित २१ उप समिति रहने आयोजकले जनाएको छ । हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड १९ का कारण हुन सकेको थिएन ।