काठमाडौँ,३० फागुन । ‘पिर’लाई लिएर भएको टिकाटिप्पणी प्रति लक्षित गर्दै श्रष्टा प्रकाश सुपतले यसमा राजनीतिकरण नगरिदिन सबैमा अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत् सपुतले सर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गरेका हुन्।
पिर’बाट मैले युद्धकै जगरबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको भन्दै उनले समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको बताए।
एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने भन्दै प्रतिकात्मक रुपमा राखिएका दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएमा आफूले आत्मालोचना गर्छु भनेका छन्। यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्दे उनले कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न उनले आग्रह गरे।
‘न अल्झाउँ किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन्, गाउनुपर्ने कयौं, गित छन्१,’ उनले भनेका छन्, ‘तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्।’