काठमाडौँ, २८ फागुन । मित्रराष्ट्र भारतले युद्धग्रस्त युक्रेनबाट सात जना नेपालीको उद्धार गरिदिएको छ।नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीका अनुसार आजसम्म भारत सरकारले आफ्नो उद्धार उडानमार्फत ७ जना नेपालीलाई युक्रेनबाट स्वदेश फर्किन सहयोग गरेको हो।
सुरुमा गत साता भारत सरकारले युक्रेनबाट पोल्यान्ड पुगेका एक नेपालीको उद्धार गरेको थियो भने उसकै उडानमार्फत युक्रेनबाट नयाँदिल्ली हुँदै आज शनिबार दिउँसो चार नेपाली स्वदेश आइपुगेका छन्।
यस्तै भारतको सहयोगमा थप दुई जना नेपालीको पनि युक्रेनबाट उद्धार भएको नयाँ दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत सुवेदीले जानकारी दिएका हुन्। उनका अनुसार ती दुई नेपाली नयाँदिल्ली आइसकेका छन्।