काठमाडौँ, २५ फागुन । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक भएको छ।अनमोल केसी र सुहाना थापाले शिर्ष स्थानमा रहेर अभिनय गरेको चलचित्रको ‘सुन्तला’बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा बसन्त सापकोटाले संगीत गरेका छन्।मेलिना राई र निशान भट्टराईले गाएको उक्त गीत संगीतकार सापकोटाले नै लेखेका हुन्। डान्सिङ बिटको गीतमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको अभिनय छ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको छायांकन सञ्जय लामाले गरेका हुन्। आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्।
