महेन्द्रनगर , २३ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दिल बहादुर तामाङको २ बर्षिय छोरा अनुरोधको डुबेर मृत्यु भएको छ ।
पानीको धारा नजिक खाल्डोमा डुबेका उनको तत्काल उद्धार गरिएको थियो । उपचारका लागि बीएन पोलिक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका–७ बरहैयास्थित खेतमा पुनर्वास नगरपालिका–१ पुरैना बस्ने ३६ वर्षीय रामस्वरुप राना मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।