धनगढी, २२ फागुन/धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कार्यकाल अभावै अभावमा बितेको बताएका छन् । उनले भने अभाव, समस्या र बिपत्तीमा कार्यकाल बितेको बताए ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख नृपबहादुर वडले भने, ‘निर्वाचित भएर आउदै गर्दा हामीले आवश्यकता अनुसार कर्मचारी पाएनौ । चार सय कर्मचारी आवश्यक थियो हामीले ढाई बर्षसम्म एक सय कर्मचारीले काम चलाउनु प¥यौं ।’ नगर प्रमुख वडले भने, त्यसका बाबजुट हाम्रा साथीहरु, हाम्रो टिमले १९ वटै वडामा समान रुपले बजेट बिनियोजन गरेर बिकास गर्ने प्रयास ग¥यौं, छौं र अझै पनि गर्ने प्रयास गरिरहेका छौं ।’
‘एकातर्फ हावाहुरीले नगरमा ठूलो क्षति भएपछि सोको व्यवस्थापनमा लाग्नु प¥यौ भने अर्कोतर्फ कोभिड–१९ महामारीमा हामीले धेरै समय खर्चनु प¥यौ’ प्रमुख नाका त्रिनगर थियो हामीले दैनिक १२÷१५ हजारसम्मलाई व्यवस्थापन गर्दै उनीहरुको गन्तव्यसम्म पुगाउन ठूलो भूमिका खेल्यौं’ नगर प्रमुख वडले भने, ‘त्यसका बाबजुट पनि हामीले वडा नम्बर ८ मा सधैका लागि उपलब्धि मुलक काम गर्न सफल भएका छौ ।’
‘हामीले फिटनेस सेन्टर सञ्चालन गरेका छौ, योग केन्द्र सञ्चालनमा ल्याएका छौ’ नगर प्रमुख वडले भने, ‘अब बन्नुपर्ने सबै संरचना हामीले यही वडामा हालेका छौ ।’ नगर प्रमुख वडले भने, ‘यो वडामा सधैका लागि उपलब्धि मुलक काम भएको छ । सिटी हल बनाएका छौ । अबको पचास बर्षसम्म हाम्रो प्रयोगमा आउछ ।’नगर प्रमुख वडले भने, ‘तौलाह ताल, बाटोघाटो अगाडि बढाएका छौं ।’ ‘निर्वाचित भएर आउँदै गर्दा वडा कार्यालय थिएन । स्वास्थ्य कार्यालय थिएन हामीले बनायौं । अब आउने जनप्रतिनिधिले यो बनाउनु पर्दैन । यो संरचना बनाउन हाम्रा करोडौ खर्च भएको छ । जुन बनाउनुपर्ने आवश्यक थियो । हामीले बनायौं’ नगर प्रमुख वडले भने, ‘अब त्यो रकम बिकास निर्माण, सामाजिक कार्यमा खर्च हुन्छ ।’ उनले वडाबासीको सहयोग, सहकार्य, समन्वय र अध्यक्ष लगायत वडा सदस्यको मेहेनत, लभावले हुन सफल भएको बताए ।
वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले वडा बासीको सहयोग, सहकार्य र लगाबले नगरकै उत्कृष्ट वडा बन्न सफल भएकोमा वडा बासीलाई धन्यवाद व्यक्त गरे ।
वडा कार्यालयले वडाको बिकास निर्माणमा महत्वपूर्ण योगदान पुगाउने ७० जनालाई सम्मान गरेको थियो । वडाको भौतिक, आर्थिक एवम् सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुगाउनेलाई खादा र सम्मानपत्रले सम्मान गरेको थियो । नगर प्रमुख वडले उनीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा स्वयम सेविका लक्ष्मी भण्डारी, टोल बिकास समितिका अध्यक्ष काशीराम बिष्ट, कमला बुढाथोकी लगायतले वडाले गरेको कामको प्रशंसा गरेका थिए ।
वडा सदस्य प्रदिप केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य ताराकुमारी चौधरीले गर्नुभएको थियो ।