डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप
२९ असोज, काठमाडौं ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् ।
थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा .डा. गोविन्द केसीविरुद्ध अनसन बस्ने गर्दथे ।
थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ ।
थापाका सहयोगीले भने उनी पक्राउ परेको नभइ आत्मसमर्पण गरेको बताए ।