काठमाडौँ, २० फागुन । नाबालिग (उमेर १८ वर्षभन्दा कम) गायिकालाई बलात्कार गरेको अभियोगमा अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। यो घटनाले देशव्यापी बहस सिर्जना गरेको छ। घटना अनुसन्धान र अदालतको विचाराधीनमा रहे पनि जनस्तरमा पक्षरविपक्षमा विचार प्रवाह जारी छ।
यसै क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले उक्त घटनामा पीडितप्रति समर्थनको सट्टा पीडककै पक्षपोषण भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘नाबालिक किशोरीको यौनशोषणसम्बन्धी अति संवेदaनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दसओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो’, डा. भट्टरईले सामाजिक सञ्जालमा लेखेका छन्, क्लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस्।’