धनगढी १९ फागुन/सशस्त्र प्रहरीले भन्सार छली ल्याएको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणले कैलालीबाट खटिएको टोलीले धनगढी १५ कनरीबाट बरामद गरेको बिओपी ३४ नम्बर गणका प्रमख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारी दिए ।
प्रहरी उपरिक्षकका सिहका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरिएका हुन्। बेवारिसे अवस्थामा रहेका पाँच लाख अन्ठानब्बे हजार बरावरको अटो, चिनी र भुजा बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।