काठमाडौँ, १८ फागुन । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि बम राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार काभ्रेका सुवास महतलाई पक्राउ गरिएको हो। उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा गत सोमबार विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द घोषणा गरेका थिए। त्यही दिन बिहान संसद् भवनको मुख्य गेट अगाडि सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो। नेपाली सेनाको टोलीले निष्क्रय बनाउने क्रममा त्यो तर्साउन बमजस्तो बनाएर राखिएको पत्ता लागेको थियो।