काठमाडौं, १५ फाल्गुन । अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन्। जबरजस्ती करणीको अभियोग लागेका शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने बताएका हुन्।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो। तर, उनी फरार भएका थिए।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन्।