कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका–४ उत्तरी चुरेमा रहेको पाण्डप ताल ओझेलमा परेको छ । उचित संरक्षण सम्र्बद्धनको अभावमा ऐतिहासिक प्राकृतिक ताल ओझेलमा परेको हो । पुर्वपश्चिम राजमार्गबाट झण्डै १४किलोमिटर उत्तरी चुरे भेगमा रहेको ताल घाँसै घाँसले भरिभराउ भएको छ ।
स्थानीय एव संरक्षकर्मी समेत रहेका रामचन्द्र रेग्मीले संरक्षणको अभावका कारण ताल पुरिदै गएको बताए । ‘तालको चारैतिर डाँडा छन, ‘उनले भने, ‘एक ठाँउबाट माटो भत्किएर तालमा आएको छ ।’ झण्डै चार हेक्टर क्षेत्रफलमा फैलिएको ताल विभिन्न प्रजातिका चराचुरुङ्गी एव जलचर प्रणीको बासस्थान रहेको छ । बेदकोटको पर्यटकिय गन्तव्य समेत रहेको लिङ्गेश्वरदेखि ५ किलोमिटर उत्तरमा रहेको ताल अहिले नै पहिचानमा आएको हो । यस बेदकोट नगरपालिका क्षेत्रमा बेदकोट, सिद्धसरोबर प्राकृतिक ताल अस्थित्वमा आएका थिए । पाण्डप तालको ऐतिहासिक महत्व रहेको छ ।

महाभारतको युद्ध हुँदा पाण्डका पाँच भाई मध्ये भीम बेदकोट क्षेत्रमा तपस्या गर्न आएको र बेदकोट तालको पश्चिम क्षेत्रमा रहेको यो ताल क्षेत्रमा भीम बसेको पौराणिक कथा अनुसार पाण्डप ताल क्षेत्रमा रहेको ठुलो ढुङ्गामा भीम बसेको ईतिहास छ । पाण्डप तालको संरक्षण एव सम्र्बद्धन गर्न सके थप पर्यटकिय गन्तव्य हुने स्थानीयको भनाई छ । अध्ययन अनुसन्धान एव मनोरन्जनका लागि तालि रमणिय भएपनि संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । बेदकोट नगरपालिकाले ताल संरक्षणका लागि योजना बनाईने बताए । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले ताल संरक्षणका लागि नगरपालिकाले कार्य योजना बनाएर अघि बढ्ने बताए ।

ताल संरक्षणका लागि वनमन्त्री शक्ति बहादुर बस्नेतसंग आग्रह समेत गरिएको मेयर चन्दले बताए । ‘हामीले राष्ट्रपती चुरे तराई मधेश संरक्षण कार्यक्रममा समाबेसका लागि ताल संरक्षणको विषयमा पहल गरेका छौँ, ‘मेयर चन्दले भने, ‘वन मन्त्री शक्ति बहादुर बस्नेत ज्यूले सो कार्यक्रम भित्र पारिदिन आवश्वास दिनुभएको छ ।’ ताल संरक्षणका लागि बेदकोट नगरले त्यहाँसम्म पर्यटकका लागि पदमार्ग विस्तार एव जैविक रुपमा ताल सरसफाई गर्ने मेयर चन्दले बताए । स्थानीय स्रोतबाट नभ्याए, प्रदेश र संघीय सरकारसंग माग गरेरै भएपनि ताल संरक्षणका लागि अघि बढ्ने बताए । मेयर चन्दले बेदकोट क्षेत्रका ताल संरक्षण एव सम्र्बद्धनका लागि डिपिआरै बनाएर भएपनि ताल तालकै रुपमा अस्थित्वमा ल्याईने बताए ।