• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आँखा दानको सन्देशका लागि बन्यो चलचित्र ‘थर्ड आई’

काठमाडौँ, १३ फाल्गुन । नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ। जीवन पछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि यो फिल्म बनेको हो।

यो चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ।

आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो चलचित्र निर्माण गरिएको छ।

करिब एक घन्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो। चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन्। यो चलचित्र हेरेपछि नेत्र दानको महत्व दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिएका छन्।

‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ। यो चलचित्रको उदेश्य भनेकै जीवनपछि आँखा दान गर्न सबैलाई प्रेरित गर्नु हो।’यसका निर्माता बिनोद मिश्रले बताएका छन्। चलचित्र निकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने पनि उनले बताए।

यो चलचित्रका कार्यकारी निर्माता केडी प्रशितले चलचित्र ‘थर्ड आई’बारे भने, ‘संसारमा रहेका मानिसहरु मध्य १० प्रतिसत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वामा केही पनि दृष्टिविहीन हुनु पर्दैन। त्यसैले नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उदेश्य हो।’

यो चलचित्रलाई उनले व्यवसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिएका छन्।बिमल लामाको संगीत रहेको थर्ड आईलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने छ। त्यसपछि मात्र व्यवसायिक रुपमा हलमा रिलिज गर्ने पनि कार्यकारी निर्माता प्रशितले बताए।

यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन्। जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ।

 

शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.