धनगढी,१३ फागुन ।कञ्चनपुरमा मुखभित्र लुकाई राखेको लागुपदार्थ खैरो हिरोइन सहित २ जना पक्राउ कञ्चनपुर ( कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइन सहित कैलालीका २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नं ६ रिछाहाबाट प्रहरीले बिहिवार दुई जनालाई लागुपदार्थ खैरो हिरोइन सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उप महानगरपालिका वडा नं २ का वर्ष २६ का दिपक बिष्ट र वर्ष ३१ का गोपी विक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
पक्राउ परेका मध्ये गोपीले सेतो प्लाष्टिकमा ४ दशमलव ११ ग्राम खैरो हिरोइन मुखभित्र लुकाई राखेको अबस्थामा प्रहरीले फेला पारेको छ ।
दुवै जनाले चढेको से ६ प ३४५४ नम्बरको मोटरसाकईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।