डोटी, ९ फाल्गुन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दान बहादुर मल्लको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार राती मल्ल सहित देशभरका १८ जना एसपीको सरुवा गरेको हो ।
मल्लको सरुवा भएसँगै डोटीमा शारदा प्रसाद चौधरीलाई खटाइएको छ । मल्ललाई मानव बेचविखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखामा सरुवा गरिएको छ भने सोही ठाउँमा कार्यरत चौधरीलाई डोटीमा खटाइएको हो ।
