काठमाडौं, ८ फाल्गुन । पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जनामा ३ हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा १३ सय ३८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १२ हजार २४४ जना सक्रिय सङ्क्रमित छन् ।