डोटी ७ फागुन/डोटीको पुर्वीचौकी गाउँपालिका–३, गैरागाउँका ५ बस्तीका ३ सय घर धुरीहरुलाई धुवाँ रहित फलामे चुलो वितरण गरिएको छ ।
धुवाँका कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेपछी डोटीको पुर्वीचौकी गाउँपालिकामा शनिबार मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल)ले धुवाँ रहित फलामे चुलो वितरण गरेको हो ।संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत गैरागाउँका पातल, नागडा, गन्नपाला, धामीठाटा र चौवालाका ३ सय घरधुरीलाई सुधारिएको धुवारहित चुलो निशुल्क वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।
साईन नेपालका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा भएको बितरण कार्यंक्रमको प्रमुख अतिथी पुर्वीचौकी–३ का वडा अध्यक्ष अमरबहादुर चयडाको प्रमुख अतिथीमा रहेका थिए । प्रमुख अतिथी चयडाले चुलाले श्वासप्रश्वासको समस्या, आखाको समस्यालाई दुर गर्नुको साथै दाउराको प्रयोगमा पनि कमी आउने भएकोले जनतालाई बितरण गरेको प्रति धन्यवाद व्यक्त गरेका छन् । चुलो प्राप्त गर्ने व्यक्तिहरुलाई अन्य प्रयोजन र गोठमा थन्काउने कार्य नगर्न सुझाव दिदै धुवाँ मुक्त वडा बनाउन सबै जनताले प्रयोग गर्न आग्रह गरे ।
बितरण कार्यंक्रममा बेल्दै संस्थाका अध्यक्ष जोशीले आफ्नो देशका विभिन्न समुदायका बस्तीमा रहेका अनेकौं समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने अठोट संकल्पका साथ आफू समाजसेवामा हिडेको बताए । समाजमा देखिने हरेक समस्याको समाधानका लागि आफुलाई प्रयोग गरेर लैजान सक्ने सुविधाहरु लैजान समाजका नेतृत्व गण तथा बासिन्दालाई जोशीले अनुरोध गरेका छन् ।
वडा नम्बर ५का वडा सदस्य नरबहादुर थापाको स्वागत गरेको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक दलबहादुर नेपालीले गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथी कार्यपालिका सदस्य भेरु साहु थिए ।