धनगढी , ७ फाल्गुन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बितेको २४ घण्टामा ३७ जनामा कोरोना परिक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि हो ।यस्तै ३३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ ।आज अस्पतालमा १ जना नयाँ बिरामी भर्ना भएका छन् भने १ जना निको भई घर फर्केका छन् ।