फागुन ६ , काठमाडौँ/बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ यतिबेला दिल्लीमा फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त छन्।
हालै यस फिल्मको सेटबाट सलमान र कट्रिनाका केही तस्बिर लिक भएका छन्, जसमा दुवैलाई चोट लागेको देखिन्छ। ती तस्बिर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्।
विदेशमा सुटिङ गरेपछि सलमान र कट्रिना अहिले दिल्लीमा फिल्मको अन्तिम भागको सुटिङ गरिरहेका छन्।जहाँका सेटबाट केही तस्बिर भाइरल भइरहेका छन्, जसमा दुवै एक्सन अवतारमा देखिएका छन्। सोही क्रममा दुवै जनालाई नराम्ररी चोट लागेको छ र रगत पनि बगिरहेको छ। तस्बिरमा कट्रिनाले कम्बेट भेस्ट र जिन्स लगाएकी छन्। सलमान टी–सर्ट र ट्राउजरमा देखिएका छन्।
यो फिल्म हेर्नका लागि फ्यानहरु निकै उत्साहित छन्, किनकि यसमा दर्शकले फेरि एकपटक सलमान र कट्रिनाको जोडी देख्न पाउने छन्। तस्बिर हेरेर फ्यानहरूले टाइगरको बाँकी सिरिजजस्तै यस फिल्ममा पनि कट्रिना र सलमानले उत्कृष्ट स्टन्ट गरेको अनुमान गरेका छन्।