धनगढी, ६ फाल्गुन । धनगढीमा कार्यरत पत्रकार महिलालाई सेनेटरी प्याड वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा प्रेस युनियन कैलालीले पत्रकार महिलालाई सेनेटरी प्याड वितरण गरेको हो ।
पत्रकार महिलालालाई सहजताका लागि नेपाली काङ्ग्रेसका नेतृ डा। आरजु राणा देउवाको पहलमा सेनेटरी प्याड वितरण गरिएको प्रेस युनियनका अध्यक्ष श्रवण देउवाले बताए । नेतृ देउवाको पहलमा धनगढीका कलेजहरुमा अध्ययनरत छात्रालाई पनि सेनेटरी प्याड वितरण अभियान थालिएको छ ।
रुडुकको सहयोगमा पत्रकार महिलालाई सेनेटरी प्याड वितरण गर्नु सह्रानीय कार्य रहेको धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले बताइन ।


