धनगढी,५ फालगुन । कैलालीको अत्तरियामा फागुन १३ देखि २५ गते सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । बिहीबार अत्तरिया उद्योग वाणिज्य सङ्घको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञ राज जोशीले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए । यसअघि पौष महिनामा गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।
