धनगढी, ४ फागुन/सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा–१९ फुलबारीको भुराहा पुल एक सय २० केजि बोईलर कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बिओपी फुलबारीको टोलीले भारतबाट अबैध चोरीपैठारी गरी नेपाल ल्याईरहेको बोइलर कुखुरा बरामद गरेको ईन्चार्ज प्रहरी निरिक्षक देवसिह भाटको जानकारी दिए । बरमद गरेका सबै बोईलर कुखुरा बुधबारनै स्थानीय र प्रहरीको रहोबारमा नष्ट गरिएको छ ।