धनगढी, ४ फाल्गुन । कैलालीमा ६ दलिय मोर्चाले गरेको बन्द खुलेको छ। एमसीसीको विरोधमा गरिएको बन्द अहिले ४ बजेबाट खुलाइएको विप्लव नेतृत्वको (नेकपा) का कैलाली जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताए।
६ दलिय मोर्चाले आज कैलालीसहित नेपाल बन्द गरेको थियो। यस्तै मोर्चाले एमसीसी पारित नगर्न दवाव दिँदै जिल्लाका विभिन्न स्थानहरुमा आन्दोलन तथा प्रदर्शनका कार्यक्रमहरु समेत गरेको छ।
एमसीसीको विरोधमा मोर्चाका कार्यकर्ताहरुले धनगढीमा नारावाजी समेत गरेका थिए। बन्दका कारण बजार, शैक्षिक संस्था र सवारी साधन पनि ठप्प बनेका थिए।