धनगढी, २ फाल्गुन । धनगढीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाइ पक्राउ गरेको छ। आज (सोमबार) धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाइ पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन्। उनलाइ गोप्य सूचनाको कैलाली प्रहरीले समातेको जनाएको छ। अहिले देउमतीलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
