धनगढी, २८ माघ/विबाहको दाईजो सामग्री पुगाएर फर्किरहेको मिनट्रक कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ । दुर्घटनमा पररी मिनट्रकमा सवार सात जाना घाईते भएका छन् ।
शुक्रबार कञ्चनपुरको बालुवाफाटाबाट अतरिया फर्कने क्रममा पुर्वपश्चिम राजमार्गको कृष्णपुर–५ गुलारियामा दुर्घटना भएको हो । सुपप्र०१–००१च÷२७६९ नम्बरको मिनट्रक दुर्घटना भएको हो ।
दुर्घटनमा कैलालीको गोदाबरी १का बिबेक यादाव, रमन चौधरी, राजकुमार चौधरी, सुरज चौधरी, बिशाल चौधरी, बिनोद चौधरी र रोशन चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जानकारी दिएको छ । घाईतेको गुलरिया स्थित स्थानीय अपतालमा उपचार भैरहेको बताईएको छ ।