धनगढी,२५ असोज
कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १२ अन्तरगत नेपाली कांग्रेसको वडा समितिले शनिवार दशै, तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो ।
वडा कार्यसमितिको कार्यालय परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला र नगरका नेता, कार्यकर्ता र कांग्रेसीहरुको उपस्थीति रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले दशै, तिहार र छठ पर्व टोलटोलमा पुगेर मनाउन र समुदायसंग मिलन गर्न अनुरोध गरे । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले शुभकामना आदानप्रदान कार्यक्रमले नेता कार्यकर्ता र कांग्रेसीजनलाई जोड्ने काम गरेको बताईन ।
नेपाली कांग्रेसका नेता नारायण भट्टले दशै तिहारको समयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरे संस्कृती नै बनिसकेको बताए । उनले भने, हरेक अवसर पारेर यस्ता कार्यक्रमको आयोजना गरिनुपर्छ । धनगढी उप–महानगरपालिका वडा नं १२ वडा समितिका सभापती प्रताप बिष्टको अध्यक्षताका कार्यक्रम आयोजना गरिएको थियो ।
कांग्रेस वडा समितिद्धारा शुभकामना आदानप्रदान
कांग्रेस वडा समितिद्धारा शुभकामना आदानप्रदान