दाङ, २५ माघ । साढे सात किलो चरेससहित प्रहरीले दाङबाट दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिकसमेत गरेको छ।
पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका– ९, चुनबाङ घर भई हाल घोराही उपमहानगरपालिका– १४, बसपार्कमा बस्दै आएका ५० वर्षीय दलबहादुर कामी र भूमे गाउँपालिका– ९ घर भई हाल घोराही उपमहानगरपालिका–१८, गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन छन्।
कामीको कोठाबाट सात केजी सात सय ७९ ग्राम ९१६ पोका० चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ।