धनगढी,२१माघ/कैलालीको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल (बिओपी)को अवस्था नाजुक रहेको छ । भौतिक संरचना, खानेपानी, बिजुलीबत्ती,बाटोघाटो र सवारी साधन लगाएतको अभावमा सीमा रक्षार्थ सशस्त्र प्रहरीले आफ्नो डिउटी निर्वाह गरीरहेका छन् । कैलालीमा नेपाल भरतको सीमाक्षेत्र १सय १ किलोमिटिर रहेकोमा सो सीमा क्षेत्रमा १८ ओटा बीओपीहरु रहेका छन् ।
१८ ओटा बिओपी मध्ये ७ ओटा बिओपीमा कार्यरत सशस्त्र प्रहरीहरुको भवन अभावमा आवासको अवस्था नाजुक रहेको पाईएको हो । सीमा सुरक्षा र भन्सार तस्करी नियन्त्र गर्न स्थापना गरिएका बिओपीमा कार्यरत प्रहरी आफै असुरक्षित रहेको बताएको छन् । सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरीका कारण चौरी तस्करी नियन्त्रण र शन्ती सुरुक्षा कायम भएको भजनी नगरपािलकाका वडा नम्बर ७ का वडा अध्यक्ष अमर कठरीयाले बताए ।
सशस्त्र प्रहरी नहुँदा भारतीय क्षेत्रबाट दिउँसै खसीबोका, भैसी लगाएतको चोरीहुने गरेको र हाल सो समस्या नरहेको वडा अध्यक्ष कठरीयाले बताउनुभयो । भौतिक संरचना, खानेपनी, बिजुतीबत्ती,बाटोघाटोको समस्या झेलिरहेको बताउदै आफ्नो वडाबाट सहयोग गर्ने बताए । तर स्थानिय तहले सशस्त्र प्रहरीका बिओपीहरुलाई खासै सहयोग नगरेको बताईएको छ ।
बिओपीमा कारर्यरत सशस्त्र प्रहरीले भौतिक संरचना, खानेपनी, बिजुतीबत्ती,बाटोघाटो, सवारी सधान लगाएतका समस्या झेल्दै आएपनि कर्तब्य निर्वाह गर्न भने कुनै समस्या नभएको सशस्त्रप्रहरी बल कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।बिजुलीबत्ती नहुँदा संचारसेट समेत चार्ज गर्न समस्याहुने गरेको भजनीनगरपलिका –७ स्थित हलैनाघाटमा बिओपीमा कार्यरत प्रहरीहरुले बताएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्ने सशस्त्र प्रहरी सीमा क्षेत्रमा संरचना भवाबमा आफै असुरक्षित रहेको बताए ।
जिल्लामा रहेका १८ ओटा बिओपीमध्ये ७ अेटा बिओपीमा भवन, खानेपानी, लगायत बिजुलीबत्तीको समस्या रहेको बताए उनले बताए । संरचना बन्न बाँकी ७ ओटामा बिओपी भवनको लागि टेन्टर भईसको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ५ सय को हाराहारीमा बिओपीहरुमा सशस्त्र प्रहरी कार्यरत रहेको छन् ।