धनगढी, २० माघ/जिल्ला ट्राफिक कार्यालय कैलालीलाई हुईल लक सहयोग गरिएको छ ।धनगढी उपमहानगरपालिका–३, चटकपुरमा रहेको बसन्त क्लासिक अटोमोटिभ्सका सञ्चालक भुवन भट्ट र ब्राञ्च म्यानेजर गोकुल अवस्थीले पाँच थान हुईल लक सहयोग गरेका हुन् ।
सहयोग प्राप्त भएको हुईल लकले धनगढी बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ्ग व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनिकरण गर्नुका साथै सवारी आवागमनलाई सहजता हुने जिल्ला ट्राफिक कार्यालय कैलालीका ईन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।