नेपालगन्ज २० माघ । कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ। बाँके र दाङका दुबै जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बाँके निवासी ८६ वर्षीय बृद्धको उपचारका क्रममा बिहीबार ९आज० बिहान ९ बजे मृत्यु भएको छ। यही माघ १३ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो। त्यसपछि सोही दिन उनी अस्पतालमा भर्ना भएका थिए।
यस्तै दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी ८० वर्षीय बृद्धको भेरी अस्पतालमा मृत्यु भएको छ। यही माघ १६ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ११ः५० बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४८ जनाको मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४२ जना संक्रमितको मृत्यु भएको केन्द्रले जनाएको छ।