२० माघ । भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो। भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएका खेलाडी र अफिसियलमा संक्रमण देखिएको हो।
क्रिकइन्फोका अनुसार शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका खेलाडी र अफिसियल आइसोलेसनमा बसेको भारतीय मिडियाले जनाएका छन्।
भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ। एक दिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टीट्वान्टी फेब्रुअरी १६ बाट हुनेछ।