धनगढी, १९ माघ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धनगढी उप महानगरपालिका कमिटी र अनेरास्ववियु कैलालीको सयुत्त कार्यक्रम धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरिरहेका छन्। तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।