धनगढी, १८ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) कैलालीले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको हो ।
संगठनका अध्यक्ष किशोर शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कीरण थापा मार्फत प्रधानमन्त्रि शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका हुन ।
लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न उनिहरुले माग गरेका हुन ।
समयमै निस्पक्ष निर्वाचन गराउन वर्तमान सरकार समक्ष जोडदार माग गर्दै उनिहरुले दलीय स्वार्थमा अल्झिएर नागरिकको अधिकार छिन्न पाउने छुट वर्तमान गठबन्धन सरकारलाई नभएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
ज्ञापन पत्र मार्फत उनिहरुले प्रधानमन्त्रिलाई आफूहरुका माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
