१८ माघ । प्रहरीले सुनसरीको धरानबाट ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई धरानका विभिन्न स्थानबाट पक्राउ इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धरान र इलाकाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ३१ ग्राम ब्राउन सुगर र डिजिटल काँटा बरामद गरिएको ओलीले जानकारी दिए।पक्राउ पर्नेमा २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बू, २६ वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय मन्दिर मगर, २६ वर्षीय जनम मगर, सारन खड्गी र राजीव मगर छन्।पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।