धनगढी,१२ असोज
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले यूवा पिढीहरु सभ्य र संस्कारीक हुनुपर्ने बताएकी छन् ।
नगरयूवा संजाल धनगढीले आयोजना गरेको दशै तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यूवाहरु सभ्य भएमा समाज सभ्य हुने बताईन । उप–प्रमुख भट्टले समाजलाई रचनात्मक बनाउन पनि यूवाहरु सक्रिय हुनुपर्ने बताईन ।
दशै र तिहार जस्ता ठूला पर्वहरुको बिदा कटौती गरिएको प्रति उप–प्रमुख भट्टले असन्तुष्टी जनाईन । अमेरीका र जापानमा पनि उनिहरुको राष्ट्रिय पर्वहरुमा लामो बिदा हुने गर्दछ उप–प्रमुख भट्टले भनिन् , नेपालमा चाडबाडमा किनमेल गर्न समेत समय नबच्ने गरि बिदाको ब्यास्था गरिएको छ । उप–प्रमुख भट्टले बिदा कटौतीका बिरुद्धमा दवाव दिन यूवाहरुलाई आग्रह गरिन ।