धनगढी, १३ माघ/बैतडीको पाटन पन्चेस्वर सडकखण्डमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा मेलौली ६ कमा ४८ वर्षीय कमलापती भट्ट,मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, कञ्चनपुरको दैजी बस्ने २१ वर्षीय पुजा भट्ट, ६८ वर्षीय राम सिह सावद, बाराका सिराद अन्सारी, मेलौली २ का २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका ५ बस्ने २१ वगर्षीय शुसिला चन्द, शिवनाथ ६ का २९ वर्षीय जनक आउजी घाइते भएका छन् ।
घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ । कञ्चनपुरको सुक्लाफाटा १ का चालक बिरेन्द्र लुहार प्रहरी नियन्त्रणमा छन् । बसमा ३२ जना सवार रहेका थिए । बस सडकबाट अन्ताजी २० मिटर तल खसेको छ ।