काठमाडौं,९ माघ । कोभिड संक्रमणको जोखिच उच्च हुँदै गएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरेको छ । प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्न लागेको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै प्रेस वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा लैजाने एमाले उपमहासचिव प्रदीप ज्ञावलीले बताए ।सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले त्यसलाई समेत ध्यानमा राखेर पत्रकार सम्मेलन स्थगित गरिएको ज्ञवालीले बताए ।