• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

सिमकोट,८ माघ । जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो ।

शल्यक्रिया गरेको तीन दिनपछि सिमकोट गाउँपालिका(५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको थियो । तर शल्यक्रियाकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।

बेला बेला बुहारीले अस्पतालमा चेक गराउने गरेको र जिल्ला अस्पताल हुम्लाले पनि अवस्था सामान्य रहेको बताउँदै समयमै सुत्केरी व्यथा लागेको बुहारीलाई रिफर नगर्दा बुहारीको ज्यान गएको उनको आरोप छ ।

जिल्ला अस्पतालले भने मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वास मात्रा कम भएर मृत्यु भएको दाबी गरेको छ । शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर मगाएको थियो । तर राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्ट्याण्ड बाई बसे पनि राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

जुम्ला कोटीलाकी टीका सार्कीले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइत पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।माइती पक्षले के कति कारणले मृत्यु भएको हो सत्य तथ्य पत्ता नलाग्दासम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएको र परिवारले शव पनि बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।

यसअघि ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका(६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्यु भएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ । भौगोलिक विकटताले कयौ महिलाले ज्यान गुनाउने गरेका छन् ।

 

शनिबार, माघ ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.