धनगढी, ७ माघ/धनगढी १६मा रहेको बेहेडाबाबा मन्दीरमा एक सय आठ गौमुखी धारा निर्माण कार्य सुरु हुने भएको छ ।सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन कार्यालयले बेहडाबाबा मन्दीरमा एक सय आठ गौमुखी धारा निर्माण गर्न लागेको हो ।
९५ लाखमा ठेक्का प्रकाशित गरेपनि पनि ॐ बिरभद्र कन्स्ट्रक्सन धनगढी ५३ लाखमा ठेक्का कवुल गरेपछि माघ ६ गते निर्माण ठेक्का सदर भएको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।‘अब संझौता प्रकयामा जान्छौ चाडै काम सुरु गर्नका लगि सम्झौता हुन्छ’ प्रमख देवकोटाले भने–‘सम्झौता भएपछि तरुन्तै काम सुरु हुनेछ ।’
अहिले धनगढीको बेहेडाबाबा मन्दीरलाई धार्मीक पर्यटकिय दृष्टीकोण निकै महत्वका साथ लिदै आएको छ । यलाई हामीले कैलालीको धार्मीक पर्यटनको नमुना बनाउने लक्ष्य लिएको बेहेडाबाबा मन्दीर व्यबस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । ‘सम्भवत यो गौमुखी धारा नेपालमै पहिलोको रुपमा हामीले स्थापित गरेका छौ’ अध्यक्ष जोशीले भने–‘मन्दीर जान पुर्व १०८ गौमुखी धाराको स्थान गर्ने प्रचालन हुन्छ ।’ अब १५ दिन भित्रै काम सुरु हुने बेहेडाबाबा मन्दीर व्यबस्थान समितिका अध्यक्ष जोशीले जानकारी दिए ।