धनगढी, ६ माघ । कैलालीको अत्तरिया स्थित महेन्द्रनगर रोडमा संचालनको तयारी रहेको अत्तरिया हस्पिटलले विशेषज्ञ चिकित्सकको माग गरेको छ। हस्पिटलले एक सूचना जारी गर्दै १६ पदमा विशेषज्ञ चिकित्सक सहित २५ चिकित्सक मागेको हो।
अत्तरिया हस्पिटलका अनुसार कार्डियोलोजिष्ट एक जना, इन्डोक्रानोलोजिष्ट एक जना, युरो सर्जन एक जना, न्युरो सर्जन एक जना, एनेसथेसिलियोजिष्ट दुई जना, फिजिसियन दुई जना, पेडियाट्रिसियन दुई जना, जनरल सर्जन दुई जना, साइक्यास्ट्रीक एक जना, आर्थोपेडिक सर्जन दुई जना, रेडियोलोजिष्ट दुई जना, डर्माटोलोजिष्ट एक जना,गाइनोकोलोजिष्ट दुई जना मागेको छ ।
यस्तै प्याथोलोजिष्ट एक जना, इएनटी (नाक कान तथा घाँटी) रोग विशेषज्ञ एक जना, मेडिकल अफिसर तीन जना मागेको छ।

माघ २१ गतेभित्र हस्पिटलको इमेल [email protected] र whattsapp नम्बर ९८६१६०५५५८ मा दरखास्त पेश गर्न सूचनामा आग्रह गरिएको छ। थप जानकारीक फोन नम्बर ०९१-५९०५४७ र मोबाइल नम्बर ९८६१६०५५५८ मा सम्पर्क गर्न सकिने छ ।
बिपन्न,गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई प्रदेशमै स्तरीय सेवा दिने उदेश्यका साथ अत्तरिया हस्पिटलले अत्याधुनिक उपकरणबाट युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, सिटि स्क्यान सहित विशेषज्ञ सेवा अन्तर्गत मुटु रोग विशेषज्ञ सेवा, जनरल मेडिसिन (पेट, मुटु, छाती) फिजिसियन सेवा, नवजात शिशु तथा बालरोग सेवा, स्त्री तथा प्रसुती सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, मानसिक तथा नसारोग सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नसारोग सेवा, छाला सौर्न्दर्य तथा यौनरोग सेवा, नाक कान तथा घाँटी रोग सेवा, मृगौला तथा मुत्ररोग सेवा, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिस लगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी सेवा लगायत आईसियु, एनआईसियु, भेन्टिलेटर सेवाहरु उपलब्ध रहने हस्पिटलका कार्यकारी प्रमुख डिल्ली राज पाठकले जानकारी दिए ।