धनगढी
धनगढी उपमहानगरपालिका भित्रका सामुदायीक विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीलाई झोला लगायतका शैक्षिक सामाग्रीहरु बुधवार हस्तान्तरण गरिएको छ । धनगढी उप–महानगरपालिका र ग्रामिण महिला विकास तथा एकता केन्द्र ९ रुडुक० , सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेशनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीलाई झोला र अन्य पाठ्य समाग्रीहरु वितरण गरिएको हो ।
झोला लगायतका सामाग्रीहरु रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए । झोला वितरण गर्न डाक्टर देउवा धनगढी उप–महानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिइन ।
कार्यक्रम अन्तरगत उपमहानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ वटा सामुदायीक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्य समाग्री हस्तान्तरणको कांग्रेस नेतृ देउवाले बताइन । यसले सामुदायिक विद्यालयका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको पनि नेतृ देउवाले बताइन ।